Banner News

थप १३३० जनामा कोरोना संक्रमण,१८३० जना डिस्चार्ज



काठमाडौँ, ५ असोज । थप १ हजार ३ सय ३० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८६ हजार ५ सय ७७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय २४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ८ सय ३० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ५४ हजार रहेको छ । आज ५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५५ जना पुगेको छ ।