Banner News

सरकारद्वारा एमालेलाई अर्को प्रहारः ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता गर्ने



काठमाडौँ, ५ असोज । सरकारले केपी ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् । यो सँगै सरकार पक्ष र प्रतिपक्षी दलबीचको एकता र सहकार्यमा अझ बढी तिक्ता आउने देखिएको छ । गठबन्धनको सरकारले एमालेलाई पेलेरै जाने रणनीति लिएको छ ।