काठमाडौँ, ५ असोज । शेरबहादुर देउवा नेतृत्वको सरकारले अपहरण मुद्दामा कैद सजाय भोगिरहेका प्रह्लाद महतले सजायबाट माफी दिएको छ ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय २२ जना कैदीबन्दीलाई सजाय माफी मिनाहा पाउँदा महतले पनि पाउनुभएको छ । सरकारको निर्णयपछि महत जिल्ला कारागार, रामेछापबाट थुनामुक्त भएका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयो । अपरहरण मुद्दामा कैद सजाय भोगिरहेका अमर टण्डनका मुख्य सहयोगी महत कम्तीमा १९ वटा अपहरणका घटनामा संलग्न रहनुभएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
०६४ साल भदौदेखि क्रमशः शिव सरावगी, सुमित सेरचन, डा। आशुतोष, पवन अग्रवाल, अनित्य गुरुङ, उमेश गर्ग, दिलिप अग्रवाल, ईश्वरदत्त पाण्डे, टीकाराम अर्याल, महेश मुरारका लगायतका व्यक्तिलाई टन्डन समूहले निशाना बनाएको प्रहरी रेकर्ड छ । ती अपहरणमा मुख्य सहयागीका रुपमा महतले काम गर्नुभएको थियो ।
समूहका नाइके टण्डन पक्राउ परेपछि महत र उदय सेट्टीले अपहरणको धन्दालाई निरन्तरता दिएका थिए । उनको समूहले कम्तीमा २ करोड ३९ लाख रुपैयाँ असूली गरेको प्रमाण प्रहरीसँग छ । सरकारले महतसँगै पक्राउ परेका विष्णु जिसीलाई पनि असल चालचलन देखाएको भन्दै कैद मिनाहा गरिदिएको छ ।










प्रतिक्रिया दिनुहोस्