अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ६ असोज । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सयले बढेर प्रतितोला ९० हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर  प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।