काठमाडौँ, ६ असोज । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफुले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको निर्देशन मानेको बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजानेसम्मको काम आफूले गरेको बताए ।
गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाईमात्र फसाउन खोजिएको बताए । उनले राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको आरोप लगाए ।
त्यस्तै गच्छदारले आफू सभापतिको उमेदवार नरहने बताएका छन् । उनले भने, “म नेपाली कांग्रेसको सभापतिको उमेदवार छैन । भविष्यमा पनि प्रतिस्पर्धा गर्दिनँ । मैले सभापतिको लागि निर्णय गरेको छैन ।”










प्रतिक्रिया दिनुहोस्