राजनीति

कांग्रेसमा लाग्यो झट्का : ११ वर्ष पार्टी सभापति चलाएका गुरुङ एमालेमा प्रवेश



स्याङ्जा, ६ असोज । लगातार ११ वर्ष नेपाली कांग्रेस पार्टी सभापति चलाएका वालिङ नगरपालिका–१२ का कुल बहादुर गुरुङ नेकपा (एमाले)प्रवेश गरेपछि कांग्रेसम झट्का लागेको छ ।

नेकपा (एमाले) वालिङ नगर कमिटी वालिङद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा गुरुङलाई एमालेका नेता टोपबहादुर रायमाझीले पार्टी प्रवेश गराएका हुन । गुरुङ २०६७ देखि २०७८ सम्म वालिङ–१२ का वडा सभापति भएका थिए । साविक सिर्सेकोट गाविस कार्यसमितिका सभापति हुदै वडा नम्बर १२ का वडा सभापति बनेका थिए ।

२०२६ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण गरेका गुरुङ २०२६ सालदेखि नै नेपाली कांग्रेस पार्टीमा आवद्ध थिए । उनले भारतबाट नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका थए । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ का लागि क्षेत्रिय प्रतिनिधि समेत हुन । तर गुरुङले वालिङ १२ कोखेलाई कांग्रेसमुक्त बनाउन आफू एमाले प्रवेश गरेको समेत बताएका छन । उनले भने, ‘गाउँको विकास गर्न वैचारिक एकताको खाँचो छ । त्यसैले एमाले प्रवेश गरेको हुँ ।’