Banner News

थप १४७६ जनामा कोरोना संक्रमण, १५५० जना डिस्चार्ज



काठमाडौँ, ८ असोज । थप १ हजार ४ सय ७६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८९ हजार ८ सय ७२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार २ सय ८७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ५० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ५६ हजार ९ सय ५४ जना रहेको छ । आज ९   जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या११ हजार ८१ जना पुगेको छ ।