राजनीति

इजरायलमा ‘केयरगिभर’का लागि १६ सय जना सिफारिस



काठमाडौँ, १० असोज । वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार छ सय परीक्षार्थी सिफारिस गरेको छ ।

वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो । इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ सय छ ।

नेपालस्थित इजरायली दूतावासले माग गरेअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नामावली सिफारिस गरिएको विभागले जनाएको छ ।

विभाागले सिफारिस गरेको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ।