Banner News

थप १२८२ जनामा कोरोना संक्रमण, १२६२ जना डिस्चार्ज



काठमाडौँ, ११ असोज । थप १ हजार २ सय ८२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९२ हजार ३ सय ६७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ४८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार २ सय ६२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ६२ हजार ४ सय १६ जना रहेको छ । आज ७   जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १ सय ३ जना पुगेको छ ।