काठमाडौँ, १२ असोज । थप १ हजार १ सय ५८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९३ हजार २ सय ७१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय २२ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ३ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ६३ हजार ७ सय ३४ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १ सय १५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्