काठमाडौँ, १३ असोज । तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाईंदै छ ।
मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ ।
यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् । थारु समुदायले जितियालाई विजय अर्थात् जितका रूपमा मनाउने गरेको छ । नवलपरासी, चितवनलगायतका ठाउँमा रहेका थारु महिलाहरूले तीन दिनसम्म जितिया पर्व मनाउँछन् । भगवान विष्णु, शिव र भगवान सूर्यको पूजा अर्चना गर्छन् ।
सरकारले जितिया पर्व मनाउनेलाई सार्वजनिक बिदा दिएको छ ।










प्रतिक्रिया दिनुहोस्