काठमाडौँ, १४ असोज । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले भने प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदको नाराबाजीबीच संसदको नियमित कामकारबाही अगाडि बढाउँदै आएका छन् ।
आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी व्यहोरा प्रस्तुत गर्ने छन् । त्यस्तै प्रधनमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।










प्रतिक्रिया दिनुहोस्