समाचार

चट्याङ लागेर ९ घाइते, एकको अवस्था गम्भीर



गुल्मी, १४ असोज । गुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा चट्याङ लागेर ९ जना घाइते भएका छन् ।

गतराति गाउँपालिका–३ र ४ को बीचमा पर्ने तोरीपाटा र मालारानी गाउँमा अविरल वर्षाको साथै चट्याङ परेपछि टोलमा भागाभाग हुदा गाउँका ५० वर्षीय झके नेपालीसहित ९ जना चट्याङ्ग लागेर घाइते भएका थिए ।

घाइतेहरूमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेकोले इस्मा ३ तोरीपाटाकी २२ वर्षीया गीता नेपालीलाई पाल्पाको प्रभास अस्पतालमा गए राती नै रिफर गरिएको प्रहरीले जनाएको छ । झके नेपाली र १९ वर्षीया रिता नेपालीको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

२४ वर्षीया बालिका नेपाली, २८ वर्षीया लक्ष्मी नेपाली ९ क ० १९ वर्षीया लक्ष्मी नेपाली ९ ख० २२ वर्षीया सीता नेपाली , ४५ वर्षीय तेजबहादुर नेपाली , वडा नम्बर ४ मालारानीकी ३२ वर्षीया पार्वती नेपाली र २९ वर्षीया जलपा नेपालीसहित ६ जनाको स्थानीय मेडिकल मै उपचार भइरहेको छ । चट्याङ लानेर घाइते भएका तेजबहादुर नेपालीको एउटा गोरु पनि मरेको छ ।