Banner News

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक सुरू



काठमाडौँ, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ ।

संसदमा जारी अवरोध हटाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिए पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक बहिष्कार गरेको छ । बैठकस्थलमा एमाले प्रतिनिधिका लागि छुट्याइएको कुर्सी खाली छन् ।