काठमाडौँ, १४ असोज । थप १ हजार ७८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९५ हजार ६१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ६८ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ९ सय ११ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ६५ हजार ७ सय ५८ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १ सय ३५जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्