काठमाडौँ, १४ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रीपरिषद्को बैठक सकिएको छ ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले सहसचिव प्रा.गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ ।
त्यस्तै आजको मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्विकृत दिने निर्णय समेत गरेको छ । सरकारले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्विकृत दिने निर्णय समेत गरेको छ ।
विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।










प्रतिक्रिया दिनुहोस्