वि सं २०७८ साल असोज १५ गते, शुक्रबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबर १ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– दशमी, १९ः२५ बजे उप्रान्त एकादशी । नक्षत्र– तिष्य, २४ः४८ बजे उप्रान्त अश्लेषा । योग– शिव १७ः४० उप्रान्त सिद्धि । करण– वणिज ६ः५७ बजेदेखि भद्रा १९ः२५ बजे उप्रान्त कौलव । काठमाडौंमा सूर्योदय बिहान ५ः५७, सूर्यास्त बेलुकी ५ः४८ बजे ।
मेष : उत्साह पूर्णदिनहरु वित्ने छन् । सहयोगी भाव पैदा हुनाले मनमा आनन्द आउने छ । आर्थिक क्षेत्र त्यत्ति राम्रो देखिँदैन । स्वास्य राम्रो रहने छ ।
वृष : सामाजिक कार्यमा समय वित्नेछ । नसोचेको ठाउँदेखि सहयोग प्राप्त हुनेछ । राजनैतिक क्षेत्रमा सफलता प्राप्त हुन्छ । स्वास्थ्यमा सुधार हुनेछ ।
मिथुन : व्यक्तिगत वा आफ्नो लागिभन्दा पनि साथीभाइलाई सहयोगको लागि समय पैसाको सहयोग गरिने छ । पारिवारिक समस्या आउने देखिन्छ ।
कर्कट : स्वास्थ्यमा समस्या आउने देखिन्छ । आफन्तको सहयोग प्राप्त हुने छ । खराब संगतले ठूलो समस्या आउने छ । कृषक वर्गको लागि राम्रो समय छ ।
कन्या : पारिवारिक समन्धमा समस्या तथा विवाद हुने छ । आर्थिक व्यवस्था राम्रो हुने छ । वैदेशिक यात्रा तथा कार्य बन्ने धन राजनैतिक क्षेत्रमा भने त्यत्ति राम्रो हुने छैन ।
तुला : पारिवारिक सम्बध जीवन सन्तोषप्रद रहने छ । रोकिएका कार्यहरू बन्ने छन् । कृषक वर्गको लागि राम्रो दिन रहने छ । स्वास्थ्यमा समस्या आउनसक्छ । त्यसैले विहान वेलुकी योग ध्यान गर्नु होला ।
वृश्चिक : व्यपार व्यवसायमा आर्थिक कठिनाई व्यहोर्नु पर्ने छ । शत्रु बढ्नेछन् भने आर्थिक सामाजिक अवस्था व्यक्ति राम्रो रहने छैन पारिवारिक तथा मान्यजन देखि सहयोग भने प्राप्त हुने छ ।
धनु : साचेका कार्यहरु सम्पन्न हुनाले मनमा उत्साह र उमंग बढ्ने छ । सामाजिक सहयोग मिल्ने छ । केही कार्यमा बाधा र्सिजना गेर्न व्यक्तिले दुःख दिने छन् । स्वास्थ्यको ख्याल गर्नुहोला।
मकर : वैदेशिक यात्रा गर्ने अवसर प्राप्त हुने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक क्षति हुने हुँदा अति नै संवेदनशिलता अपनाउनु होला । साथीभाइसँग भेटघाट कार्यक्रम नगर्नु होला ।
कुम्भ : सानो-सानो सहयोगले गर्दा दिन भरिनै तनावपूर्ण समय बित्ने छ । आफन्तले सहयोग भन्दा पनि समस्यामा थपिदिने छन् । विद्यार्थी वर्गका लागि राम्रो दिन रहेनछ ।
मीन : व्यपारिक वर्गको लागि राम्रो सयम रहने छ । खराब संगतले गर्दा ठूलो समस्य आउने छ । खानपानमा ध्यान दिनु होला । केही दुःखद् खबर सुन्नु पर्नेछ ।










प्रतिक्रिया दिनुहोस्