समाचार

आजको मौसम



काठमाडौँ, १६ असोज । हाल भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले नेपालको मौसममा प्रत्यक्ष प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ । बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना रहेको विभागले जनाएको छ ।

भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको संभावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।