ललितपुर, १६ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्न नसकिने स्वीकारोक्ति गर्नुभएको छ ।
शनिबार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा उहाँले प्रतिवाद नगरी आउँदो चुनाव नजितिने बताउनुभएको छ । अबको डेढ वर्ष एमालेलाई गणतन्त्रविरोधी र संघीयताविरोधी भनेर आरोप लगाई एमालेको नेतृत्वमा भएका राम्रा कामलाई नकारात्मक रुपमा जनताको लैजान पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन । यी जाली फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन्, तिनको सातो खाने । छाती खोलेर भन्नु, हामीले बनाएको हो संविधान । यिनीहरु विरोधी हुन् भन्दै हिँडनुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौं ।’
अध्यक्ष प्रचण्डले तत्कालिन नेकपामा केपी शर्मा ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध आक्रमण गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको पनि बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्