Banner News

लोसपामा लाग्यो झट्का: राजकुमार लेखीसहित सयाै जना एमालेमा प्रवेश



काठमाडौँ, १७ असोज । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् ।

गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित सयाै जना एमाले प्रवेश गरेका हुन् । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।