काठमाडौँ, १८ असोज । आज विहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ बाहेक अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज पहाडी भू–भागमा वर्षाको सम्भावना रहेहको छ । कर्णाली र सुदूरपश्चिममा धेरै मौसममा धेरै खुलीसकेको छ । यता काठमाडौंमा मौसम गए रातिदेखि नै गुम्म भए पनि ठूलो वर्षाको भने सम्भावना छैन । दिउँसो पानी परे पनि हल्का वर्षा मात्रै हुने छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन हुन विभागले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्