काठमाडौँ, १९ असोज । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।
त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो । जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ ।
जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।










प्रतिक्रिया दिनुहोस्