समाचार

काठमाडौँ उपत्यकामा थप ३०२ जनामा कोरोना पुष्टि



काठमाडौँ, १९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३०२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ गरी ३०२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ७४७ पुगेको छ ।

त्यस्तै आज देशभर ९ सय ६८ जनामा कोरोना पुष्टि भएका छन भने ११ सय १४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।