काठमाडौँ, २० असोज । प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको कारण वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् ।
दशैंको अवसरमा सर्वोच्च बारले बुधबार चियापान कार्यक्रम राखेको थियो । मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका छन् ।
आफूहरुले संगठित रुपमा नभई स्वविवकेले चियापानमा नगएर सन्देश दिएको एक वरिष्ठ अधिवक्ताले बताए ।










प्रतिक्रिया दिनुहोस्