Banner News

एकीकृत समाजवादीको बन्यो ११ सदस्यीय केन्द्रीय सचिवालय



काठमाडौँ, २२ असोज । नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ ।

स्थायी कमिटीको बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय बनाएको हो, जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन् ।

यस्तै महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पोडेल र जगन्नाथ खतिवडा छन् । महासचिव भुसालको नेतृत्वमा उपमहासचिवहरु ज्वाला, तुलाधर, पौडेल र खतिवडा रहेको केन्द्रीय कार्यालय पनि बनेको छ ।