Banner News

थप ७६० जनामा कोरोना संक्रमण, ८९९ जना डिस्चार्ज



काठमाडौँ, २३ असोज । थप ७ सय ६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १६ सय ३३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ४० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८ सय ९९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७५ हजार ७२ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय २१जना पुगेको छ ।