हेटौंडा, २४ असोज । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ ।
बागमती प्रदेशको सरकारले असोज २४ गतेका लागि प्रदेश सभाको नवौं चअधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गरे बमोजिम आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।
यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिले नै आजको कार्यसूची टुंगो लगाउने बताए ।










प्रतिक्रिया दिनुहोस्