काठमाडौँ, २४ असोज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबारै बिहान स्वीकृत गरेका छन् । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।










प्रतिक्रिया दिनुहोस्