Banner News

थप ७८५ जनामा कोरोना संक्रमण, ८८८ जना डिस्चार्ज



काठमाडौँ, २५ असोज । थप ७ सय ८५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २ हजार ८ सय ६१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ८७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८ सय ८८  जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७६ हजार ८ सय ३१ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय ४३ जना पुगेको छ ।