काठमाडौँ, २५ असोज । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक २०७८ कात्तिक ९ गते दिउँसोे १ बजे बस्ने गरी स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको विरोधका बाबजुद आज बैठक १४ मिनेट ९ सेकेण्ड चलेको थियो । आजको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ सदन समक्ष पेश भयो ।
यस्तै बैठकले राष्ट्रिय सभामा उत्पती भइ प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिएको छ ।










प्रतिक्रिया दिनुहोस्