राजनीति

अमेरिकी राजदूत बेरीले दिए दशैंको शुभकामना



काठमाडौँ, २६ असोज । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दशैंको अवसरमा शुभकामना दिएका छन् ।

सहकर्मी र उनीहरुका परिवारसँग चंगा उडाएर रमाइलो गरेको उनले उल्लेख गर्दै चंगा उडाएर रमाइलो गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

सामाजिक सन्जाल ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’