समाचार

आजको मौसम



काठमाडौँ, २७ असोज । आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । दुई दिन अगाडि मनसुन भने नेपालका सबै भू–भागबाट बाहिरिसकेको छ ।