काठमाडौँ, २८ असोज । प्रधानमन्त्री तथा कांग्रेसका सभपाति शेरबहादुर देउवा तथा नेता गगन कुमार थापाको गृह ठाउँ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ का दुई दर्जन बढी युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा कांग्रेस र माओवादी परित्याग गरी सो वडाका २५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले बुढानिलकण्ठ ११ का अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षता र केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. रञ्जन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुकुमाया तामाङ्ग, मुना दाहाल, टिका थिङ्ग सहित २५ जना नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्