भक्तपुर, २८ असोज । मानव कल्याण समाज (सेवा घर)लाई नगद रु. २५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
घरपरिवार बचत तथा ऋण सहकारी सस्थाले वार्षिक साधारण सभाको अवसरमा भिजन ब्याङ्क्वेटमा सम्पन्न भएको कार्यक्रमका बिच सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभापती कृष्ण बिष्ट र प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सेवा घरका सस्थापक केन्द्रीय अध्यक्ष सुमित्रा चौलागाईलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमकै बिच सहकारी अध्यक्ष तथा मानव कल्याण समाजका अभिभावक बिष्टले आफ्नो स्व. माता बिन्दा बिष्टको सम्झनामा नगद रु १० हजार, सहकारीका सस्थापक सदस्य टिकाराम खत्रीले आफ्नो स्व. सानोबुवा बच्चुराम थापाको सम्झनामा नगद रु. पाँच हजार र सेवा घरका शुभेच्छुक मन्जु थापा कार्कीले नगद रु. पाँच हजार सहयोग गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्