विसं २०७८ साल असोज ३१ गते, आइतबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १७ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– द्वादशी, १८ः३८ बजे उप्रान्त त्रयोदशी । नक्षत्र– शतभिष १२ः०३ बजे उप्रान्त पूर्वभाद्रपदा । योग– वृद्धि, २४ः२३ बजे उप्रान्त ध्रुव । करण– वव ६ः४५ बजेदेखि वालव, १८ः३८ बजे उप्रान्त उप्रन्त गर । काठमाडौंमा सूर्योदय बिहान ६ः०५, सूर्यास्त बेलुकी ५ः३१ बजे ।
मेष : यात्राको सुअवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । पारिवारिक किचलो बढ्न सक्छ, मौन बस्नु होला ।
वृष : सामाजिक जिम्मेवारी बढ्ने छन् । नसोचेको ठाउँदेखि धन प्राप्त हुनेछ । स्वास्थमा समस्या आउने देखिन्छ । बाहिर सकभर कम जनु होला ।
मिथुन : कार्य कुशलता अध्ययनमा सफलता प्राप्न हुनेछ । मध्यान्हदेखि स्वास्थमा समस्या आउनाले महत्वपूर्ण कार्य रोकिने छ । खानपानमा ध्यान दिनु ।
कर्कट : अध्ययन तथा सामाजिक क्षेत्रमा समय खर्चिनु पर्ने देखिन्छ । आफन्तको सहयोग प्राप्न हुनेछ । प्रेम सम्बन्ध जोडिन छ । स्वास्थ्यमा सुधार आउनेछ ।
सिंह : पेट सम्बन्धी समस्या आउनेछ । आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । सामान्य विवाद हुनसक्ने हुदा बोल्दा विचार गर्नु होला । राजनैतिक क्षेत्रमा धोखा हुनसक्ने छ ।
कन्या : मनमा द्विविधा बढ्नेछ ५ मिनेट ध्यान गर्नु सहि निर्णय आउने छ । सहयोगी मित्रजनको कारणले निकै राम्रो काम बन्नेछ । मनोरञ्जनका साथ दिन वित्ने छन् ।
तुला : आर्थिक समृद्धि तथा सामाजिक प्रतिष्ठा मिल्नेछ । सन्तान सुख तथा पारिवारिक भेटघाटमा समय वित्नेछ मध्यान्ह देखि काममा व्यस्त हुनुपर्ने छ ।
वृश्चिक : स्वास्थ्यका कारणले गर्दा गर्दै पनि काममा ढिला हुनाले वचन सुन्नु पर्नेछ । प्रियवस्तु प्राप्त हुनेछ । केही कुरा काट्ने शत्रु बढ्ने छ । भैरवको दर्शन गर्नु ।
धनु : सेचो अनुसार सम्बन्ध तथा काम बन्नेछन् । आर्थिक लेनदेनमा समस्या आउन सक्ने छ । मनोरञ्जन कार्यमा सहभागी भइने छ । बोलिको प्रभाव बढ्ने छ ।
मकर : सामान्य चोटपटक लाग्ने छ । माग्ने वा दुःखीलाई पानी दान गर्नु राम्रो हुनेछ । आर्थिक क्षेत्र भने राम्रै रहने छ । पारिवारिक जमघटमा समय व्यतित हुन्छ ।
कुम्भ : आफन्तदेखि जोडिने योग छ । सन्तानदेखि भने टाढिनु पर्नेछ । स्वास्थ्यमा सामान्य आँखा सम्बन्धी समाचा आउन सक्नेछ । कुलदेवताको सेवा तथा दर्शन गर्नु ।
मीन : मांगलिक कार्यमा सहभागी भइने छ । नसोचेको आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने मित्र भेटिने छ । प्रेमसम्बन्ध जोडिने छ ।
ज्योतिष अर्जुनप्रसाद न्यौपाने










प्रतिक्रिया दिनुहोस्