समाचार

आजको राशिफल



विसं २०७८ साल कातिक १ गते, सोमबार, आश्विन शुक्लपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १८ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– त्रयोदशी, १८ः२८ बजे उप्रान्त चतुर्दशी । नक्षत्र– पूर्वभाद्रपदा १२ः२३ बजे उप्रान्त उत्तभाद्रपदा । योग– ध्रुव, २३ः१३ बजे उप्रान्त व्याघात । करण– कौलव ६ः २९बजेदेखि तैलित, १८ः२८ बजे उप्रान्त उप्रन्त भद्रा । काठमाडौंमा सूर्योदय बिहान ६ः०६, सूर्यास्त बेलुकी ५ः३० बजे ।

मेष : कार्य सफलता प्राप्त हुने छ सोचेभन्दा फरक दिन बित्ने छ स्वास्थ्यमा सामान्य समस्याले गर्दा मध्यान्ह पछि काममा ढिला हुनेछ ।

मेष : कार्य सफलता प्राप्त हुनेछ । सोचेभन्दा फरक दिन बित्नेछ । स्वास्थ्यमा सामान्य समस्याले गर्दा मध्यान्हपछि काममा ढिला हुनेछ ।

वृष : आफन्तमा केही दुखद् खबर सुन्नु पर्नेछ । आर्थिक भार पनि थपिनेछ । कुकुरलाई खाने चिज दिनु राम्रो हुन्छ ।

मिथुन : स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका काम बन्नाले उत्साह थपिनेछ । भेटघाटले उत्साह जगाउनेछ । तर, अरूको भरपर्दा काममा ढिला हुन सक्नेछ ।

कर्कट : प्रेम सम्बन्ध अगाडि बढाइनेछ । अध्ययनको लागि यात्रा गरिनेछ । सामान्यकुरामा पारिवारिक किचलो हुनेछ ।

सिंह : सोचेभन्दा फरक यात्रा हुनेछ । यात्रा फलदायी हुनेछ । स्वास्थ्यमा क्रमिक सुधार हुनेछ । राजनैतिक व्यक्तित्व संगको चिनजानले कार्य बन्नेछ ।

कन्या : स्वास्थ्यमा सामान्य समया हुनेछ । केही महत्व कामहरु रोकिने छन् । पुरानो मित्रसंग मिलन हुनेछ ।

तुला : अध्ययन अध्यापनमा लागिनेछ । यात्रामा निकै रमाइलोसँग दिन बित्नेछ भने मध्यान्नदेखि पेट सम्बन्धी समस्या आउन सक्नेछ ।

वृश्चिक : मित्रजनसँगको मिलनले मनमा निकै उत्साह थपिनेछ । केही महत्वपूर्ण भेटघार हुनाले कार्ममा सहजता प्राप्त हुनेछ ।

धनु : आर्थिक संकट हुनेछ । पैसाको लेनदेन गर्दा निकै धान दिनु होला । पैसा अरुले नै खाइदिनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

मकर : यात्रा निकै मनोरञ्जनका साथ बित्नेछ । प्रेममा नराम्रोसंग धोका पाइएला । कृषक वर्गको लागि पनि राम्रोसमम छैन ।

कुम्भ : वैदेशिक कार्य अगाडी बढ्नेछ । स्वास्थमा समस्या थपिनेछ । रोकिएको काम बन्नेछ तथा हराएको सामाग्री भेटिनाले निकै रमाइलो हुनेछ ।

मीन : बोलीको प्रभाव बढ्नेछ । आर्थिक समृद्धिको बाटोमा अग्रस्थानमा रहने छ भने सन्ध्याकालपछि टाउकोसमन्धी समस्या आउनेछ । दिन समग्रतामा राम्रो रहने छ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपाने