काठमाडौँ, १ कार्तिक । थप केही दिन नेपालको मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने भएको हो ।
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा प्रदेश १ (मंगलबारदेखि) aका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा मेघ गर्जनरचट्यांग र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको पनि सम्भावना रहेको छ । त्यसैले सजग रहन विभागले आग्रह गरेको छ । विशेषतः यात्रा र कृषि कर्म गर्दा मौसमको सूचना हेरी सजग रहन विभागले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्