समाचार

मलेसियामा एक नेपालीको मृत्यु



काठमाडौँ, १ कार्तिक । वैदेशिक रोजगारीमा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ ।

मृतकका आफन्त हरि जोशीका अनुसार डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय रक्त क्यान्सरबाट ग्रसित धनन्जय जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो ।

जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ । मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।