Banner News

थप ५९१ जनामा कोरोना संक्रमण, ९३७ जना डिस्चार्ज



काठमाडौँ, १ कार्तिक । थप ५ सय ९१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ५ हजार ५ सय ६० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ८ सय ७४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ९ सय ३७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८२ हजार ३ सय ९३ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ जना पुगेको छ ।