समाचार

मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदै



काठमाडौँ, २ कार्तिक । मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदैछन् ।

मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनलाई मोहम्मद दिवसका रुपमा मनाउने गरिन्छ ।

सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ । हिजोको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।