राजनीति

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री नर्भिकमा



काठमाडौँ, २ कार्तिक । नर्भिक अस्पतालमा उपचार गराइरहेका नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाण अस्पतालमा पुगेका छन् ।

आज थापाथलीस्थित नर्भिक अस्पताल गएर मन्त्री खाणले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अस्पतालमा वैद्यलाई भेटेर उनले सरकारको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका छन् ।

लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचारबारे मन्त्री खाणले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिएका छन् । वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको मन्त्री खाणले बताए ।

लामो समयदेखि दमको समस्याबाट पीडित वैद्य आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् ।