Banner News

बाढी पहिरोमा मृत्यु भएका परिवारलाई ५ लाखसम्म दिने सरकारको निर्णय



काठमाडौँ, ३ कार्तिक । सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई ३ देखि ५ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

अज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ ।

यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।