काठमाडौँ, ३ कार्तिक । थप ६ सय ६२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ७० हजार ५२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ७९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ७ सय ५८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८४ हजार १ सय ५५ जना रहेको छ । आज १३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्