समाचार

आजको राशिफल



विसं २०७८ साल कातिक ४ गते, बिहीबार, आश्विन शुक्लपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २१ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– प्रतिपदा, २१ः०० बजे उप्रान्त द्वितीय । नक्षत्र– आश्विनी १६ः२१ बजे उप्रान्त भरणी । योग– वज्र, २२ः०२ बजे उप्रान्त सिद्धि । करण– वालव ८ः१७ बजेदेखि कौलव, २१ः०० बजे उप्रान्त उप्रन्त वव । काठमाडौंमा सूर्योदय बिहान ६ः०९, सूर्यास्त बेलुकी ५ः२७ बजे ।

मेष : स्वास्थ्यका कारणले गर्दा अध्ययनमा समस्या आउनेछ । व्यपार व्यवसायमा सफलता प्राप्त हुनेछ । यात्राको अवसर मिल्नेछ ।

वृष : आर्थिक क्षेत्रमा समस्या आउनेछ । नसोचेको दुःखद् खबर सुन्नु पर्नेछ । मित्रसहयोग प्राप्त हुनेछ । पारिवारिक किचलो बढ्नेछ ।

मिथुन : आम्दानीका श्रोतहरु बढ्ने छन् । रोकिएका कामहरु बन्नाले मनमा आनन्द आउनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ ।

कर्कट : स्वास्थ्यमा सुधार आउनेछ । प्रेमप्रस्ताव आउनाले मनमा द्विविधा उत्पन्न हुनेछ । आमा बुवाको सल्लाह निनुहोला राम्रो हुनेछ । यात्रा कष्टकर हुनेछ ।

सिंह : व्यापार व्यवसायमा समस्या आउनेछ । केही शत्रु बढ्ने छन् तर आफ्नो काममा अगाडि बढ्नु होला । खानपिनमा ध्यान दिनु पर्नेछ ।

कन्या : सामाजिक तथा आर्थिक क्षेत्रमा सुधार आउनेछ । पारिवारिक सम्बध राम्रो रहेछन् । विश्वास गरेको व्यक्तिदेखि धोका पाइनेछ ।

तुला : आर्थिक सहयोग उपलब्ध गराएका व्यक्ति देखि धोका पाइनेछ । अध्ययनमा सोचेजस्तो समय दिइने छैन । स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने छ ।

वृश्चिक : आफ्नो लागि भन्दापनि मित्रको लागि दिन बित्नेछ । आर्थिक क्षेत्रमा त्यति राम्रो सफलता प्राप्त नहोला सन्ध्याकालमा सुखाद् समाचार आउने छ ।

धनु : आफन्तको सहयोगद्वारा काममा सफलता प्राप्त हुनेछ । केही रोकिएका कामहरु बन्नेछन् । हराएको सामग्री भेटिनाले मनमा आनन्द आउनेछ ।

मकर : यात्रा गर्दा महत्वपूर्ण सामग्री हराउनेछ । अतिनै सजकता अपनाउनु होला । महत्वपूर्ण भेटघाट हुनाले कामगर्ने जोस् बढ्नेछ ।

कुम्भ : अध्ययन अध्यापनामा राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । केही सामान्य विवाद हुनाले मनमा खिन्नता हुनेछ । बोल्दा विचार गर्नुहोला ।

मीन : नसोचेको ठाउँको अवलोकन गरिनेछ । प्रेम मिलन हुनेछ तथा दाम्पत्य जीवनको अध्याय हुने देखिन्छ । महत्वपूर्ण सामग्री भेटिने छ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपाने