राजनीति

माधवको एस पार्टीका तीन केन्द्रीय सदस्य एमालेमा नै फर्किए



काठमाडौँ, ४ कार्तिक । नेकपा एकीकृत समाजवादीका तीनजना केन्द्रीय सदस्य एमालेमै फर्किएका छन् ।

रामेछापका झम्क कडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसीलाई नेकपा एसले हालैमात्र ३३५ सदस्यीय केन्द्रीय कमिटीमा समेटेर कार्यविभाजन समेत गरेको थियो । तीनैजना बुधवार आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी भएको अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । उनीहरू एमालेको प्रदेश कमिटी सदस्यमा थिए । केसी भने सल्लाहकार सदस्यमा थिए ।

पाँच दिनमै उनीहरू नेकपा एसको जिम्मेवारी छाडेर एमालेको प्रदेश कमिटीमा सक्रिय भएका हुन् ।