काठमाडौँ, ५ कार्तिक । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागले वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।
यसैबीच, आज काठमाडौंमा दिनभर मौसम बदली हुने छ । यद्यपि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आइतबारसम्म बदली हुने छ । सोमबारबाट मौसममा सुधार आउने छ ।










प्रतिक्रिया दिनुहोस्