पर्सा, ५ कार्तिक । पर्सागढी नगरपालिकाबाट १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
पहरीका अनुसार पर्सागढी नगरपालिका-९ बरेवास्थित नन्दलाल दासको गाईगोठमा जुवातास खेलिरहेको अवस्थामा १२ १ लाख ७१ हजार नगद र १७ बुक ताससहित १२ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-३का ३० वर्षीय कोशिया ठाकुर, पर्सागढी नगरपालिका-३ कै २६ वर्षीय बिरेन्द्र सहनी, पर्सागढीनगलपालिका ३ का २९ वर्षीय सुरेश साह, पर्सागढी नगरपालिका-१ का २४ वर्षीय गोवर्धन राम, पर्सागढी नगरपालिका(२ का ३६ वर्षीय मोतिलाल चौधरी र सखुवापर्सौनी गाउँपालिका-१का ३२ वर्षीय प्रमोद ओझैया रहेका छन् ।
यस्तै सखुवाप्रसौनी गाउपालिका-१का ३४ वर्षीय दिनेश दास थारु, सखुवा प्रसौनी-१ कै ३६ वर्षीय राकेश ख्वास थारु, पटेर्वासुगौली गाउँपालिका-१ का २५ वर्षीय ज्वाला गिरी, जितपुरसिमरा उपमहानगरपालिका-७ का ३० वर्षीय नन्दु मुखिया, जितपुरसिमरा उपमहानगरपालिका-७ कै २२ वर्षीय प्रमोद राउत र सिम्रौनगढ नगरपालिका-१ का २५ वर्षीय अनिल जयसवाल रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्