समाचार

आजको मौसम



काठमाडौँ, ६ कार्तिक । आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पानी पार्ने प्रणाली नेपालमा अहिले नभए पनि स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर वाग्मती प्रदेश, प्रदेश(१ र २ का केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

मनसुनको समयमा पनि केही लक्ष्यण प्रि(मनसुनको समयमा जस्तै देखिने भएकाले छिनमै मौसम बद्ली हुने गर्छ । तर प्रि(मनसुनमा जस्तो पोष्ट मनसुनमा भने हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना त्यति छैन ।

अहिले काठमाडौँसहित केही पहाडी भेगको मौसम अहिले धुम्मिएको जस्तो देखिएको छ । दिउँसो धुम्मिएको बादल हटेर अलि सफा हुनेछ र एक छिन घाम लाग्ने र फेरि बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।