अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ७ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।