Banner News

अमेरिकाद्वारा नेपाललाई १ लाख ६२० मात्रा खोप सहयोग



काठमाडौँ, ८ कार्तिक । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराएको छ ।

गत असारमा गरिएको १५ लाख मात्राको जोन्सन एण्ड जोन्सन खोपका अतिरिक्त अमेरिकाले अहिले फेरि फाइजरको खोप उपलब्ध गराएको हो ।  सोमबार एक विज्ञप्तिमार्फत नेपालस्थित अमेरिकी दूतावासले खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको जनाएको छ ।